तपाईंका लागि Google का सम्पूर्ण सेवाहरू

आफ्नो Google खातामा साइन इन गर्नुहोस् र आफूले प्रयोग गर्ने Google का सबै सेवाहरूबाट बढीभन्दा बढी फाइदा लिनुहोस्। तपाईंको खाताले Google बाट तपाईंले चाहन गरेअनुसारको अनुभव लिन अवसर प्रदान गरेर तथा तपाईंलाई आफ्ना सबैभन्दा महत्त्वपूर्ण जानकारी जहाँसुकैबाट सजिलैसँग हेर्ने तथा प्रयोग गर्न दिएर तपाईंलाई अझ धेरै कार्य गर्न मद्दत गर्छ।

तपाईंलाई मद्दत गर्छ

तपाईं हर बखत आफ्नो समयतालिकाबारे जानकार रहनुहोस् भन्नाका खातिर तपाईंलाई आफ्नो Gmail, Google पात्रो र Google नक्साबीच जानकारी सिंक गर्ने जस्ता दैनिक कार्यहरूमा सक्रिय रूपमा मद्दत गर्न तपाईं साइन इन हुँदा तपाईंले प्रयोग गर्ने Google का सबै सेवाहरूले सहज तरिकाले मिलेर काम गर्छन्।

तपाईंका लागि बनाइएको

तपाईं जुनसुकै यन्त्र वा Google को जुनसुकै सेवा प्रयोग गरिरहेको भए तापनि तपाईंको खाताले तपाईंलाई एकनासको अनुभव प्रदान गर्छ। तपाईं जुनसुकै बेला आफूले प्राप्त गर्न खोजेको अनुभवका आधारमा सेटिङ मिलाउन वा व्यवस्थापन गर्न सक्नुहुन्छ।

तपाईंको खाता सुरक्षित राख्छ

तपाईंको Google खाता सुरक्षित राख्नका निम्ति सूचना प्रविधि उद्योगकै सर्वोत्कृष्ट सुरक्षा उपाय अपनाइन्छ। यो सुरक्षा उपायले जोखिमपूर्ण सामग्री पत्ता लगाउन तथा त्यस्तो सामग्री तपाईंसमक्ष पुग्नुअघि नै त्यसमाथि रोक लगाउन स्वतः मद्दत गर्छ।

मद्दत गर्न तयार

मद्दत गर्न तयार

Chrome र YouTube लगायतका Google का सेवाहरूले तपाईं साइन इन हुनुभएका बेला तपाईंका लागि अझ राम्ररी काम गर्छन् र तपाईंलाई अझ धेरै कार्य गर्न मद्दत गर्छन्। तपाईंको खाताले तपाईंलाई अटोफिल र तपाईंका चाहनाअनुसारका सिफारिसलगायतका अन्य थुप्रै उपयोगी सुविधाहरू उपलब्ध गराउँछ। तपाईं ती सुविधाहरू जुनसुकै बेला जुनसुकै यन्त्रमा प्रयोग गर्न सक्नुहुन्छ।

केवल तपाईंकै लागि

केवल तपाईंकै लागि

तपाईंको Google खाताले तपाईंले प्रयोग गर्ने सबै सेवाहरू तपाईंको चाखअनुसार समायोजन गर्छ। आफ्ना प्राथमिकता र गोपनीयतासम्बन्धी सेटिङ हेर्न तथा त्यो सेटिङ आफ्नो आवश्यकता अनुसार मिलाउन जुनसुकै यन्त्रबाट आफ्नो खातामा साइन इन गर्नुहोस्।

तपाईंको जानकारी गोप्य तथा सुरक्षित राख्ने कार्य

तपाईंको जानकारी गोप्य तथा सुरक्षित राख्ने कार्य

हामी हाल तपाईंको Google खातामा भएका सबै जानकारी सुरक्षित राख्ने कार्यलाई सर्वाधिक महत्त्वपूर्ण कार्यका रूपमा लिन्छौँ। त्यसैले हामीले प्रत्येक खातामा सुरक्षा जाँच र Google पासवर्ड म्यानेजर जस्ता प्रभावकारी सुरक्षा व्यवस्था तथा टुलहरू निर्माण गरेका छौँ।

तपाईंको Google यहाँबाट सुरु हुन्छ